२७ जेष्ठ २०८३, बुधबार 1781089143
Banner

बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री  वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

“बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ,” अर्थमन्त्री डा.वाग्लेले भने, ” म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । ” अहिले समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन् ।