४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:15 am
Banner

गृहमन्त्रीले भने– दुर्गा प्रसाईंको खोजी जारी छ, छिट्टै पक्राउ गर्छौं

सूचना प्रेस २०८१ चैत्र १५ शनिबार ००:००, १४:५८ बजे १ मिनेट पढाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् । शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, “दुर्गा प्रसाईंको खोजी जारी छ । उहाँ चाँढै पक्राउ पर्नुहुन्छ ।”

अनुसन्धान र छानबिनले के देखाउँछ त्यहीअनुसार कारबाही हुने उनले बताए । “यदि, यो देशमा लोकतन्त्र रहेन भने यसैगरी आक्रमण हुन्छ,” लेखकले भने ।

मन्त्री लेखकले शुक्रबार भएको घटनाबारे गम्भीरतापूर्वक छानबिन हुने बताए । प्रहरीले अहिलेसम्म दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।