४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:37 am
समाचार

नागार्जुन नगरपालिकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

सूचना प्रेस २०८१ चैत्र १६ आइतबार ००:००, ०९:१३ बजे १ मिनेट पढाइ

काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३ –०१–०२४  च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो ।

राति ८ः ५० बजे दुर्घटना भएकोमा उपचारको लागि अस्पताल पुर्‍याइएका गोरखाका ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले बताए । सो दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।