४ आश्विन २०८१, शुक्रबार 1726846952
पालिका

मतदान र सहायक मतदान अधिकृतलाई तालिम

पाल्पा- वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको छ ।

जिल्लामा ७४  मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार बेनी सामुदायिक माविमा तालिम सञ्चालन गरिएको हो ।  

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । 

उहाँका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिका बारेमा सिकाइएको छ । साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ । तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, धौलागिरि, अन्नपूर्ण, मङ्गला, मालिका र रघुगङ्गाका निर्वाचन अधिकृतहरु क्रमश ः भोलाराज रेग्मी, जानुका सुवेदी, धर्मराज पौडेल, गोविन्द उपाध्याय र तेजप्रसाद पौडेल तथा निर्वाचन अधिकारी घिमिरेले सहजीकरण गर्नुभएको थियो । 

छ स्थानीय तह र ४५  वडा रहेको जिल्लामा ४१ हजार ४१४  पुरुष, ४३ हजार ९६० महिला र एक  तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३५ पदका लागि ७१८  उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

११४  मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी गरी कूल ५६१ जना सुरक्षाकर्मीबाहेकका जनशक्ति खटाइएको प्रजिअ रानाले बताउनुभयो । सोमबार साँझसम्म मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी पुग्ने उहाँले बताउनुभयो । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा आइतबारदेखि नै कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् । 

रामपुर (पाल्पा)– जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदान केन्द्रमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिएको छ । दुई सय ४७ मतदान केन्द्रमा खटिने ४९५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । 

उहाँहरुलाई मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसी, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाही, निर्वाचन अधिकृतहरु र जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्याललगायतले सहजीकरण गर्नुभएको हो । 

तालिमपश्चात् निर्वाचनसम्बन्धी सामग्री बुझेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु मङ्गलबार नै कार्यस्थलमा पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।