४ आश्विन २०८१, शुक्रबार 1726871073
खेलकुद

निर्णायक एक दिवसिय खेल आज हुँदै

काठमाडौँ – नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुँदैछ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ ।नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ ।