७ जेष्ठ २०८३, बिहिबार 1779409525
Banner

बूढीगण्डकी नदीमा डुबेर युवक वेपत्ता

गोरखा- गोरखाको गण्डकी गाउँपालिका-८, बसेरीस्थित बूढीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

स्थानीय केदार नेपालीका १९ बर्षका छोरा निकेस नेपाली पौडी खेल्ने क्रममा बूढीगण्डकी नदीमा डुवेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखा सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बालकको खोजीका लागि प्रहरी परिचालन गरिएको भएपनि फेला पार्न नसकिएको उहाँको भनाई छ । शनिबार साँझ ६ बजेदेखि बालक नदीमा डुबेर वेपत्ता भएको डिएसपी सुवेदीले बताउनुभयो ।

‘बालकका परिवारले घटनापछि प्रहरी चौकी ध्याल्चोकमा खोजीका लागि जानकारी गराएको थियो । उहाँले भन्नुभयो,‘‘घटनाको जानकारी पाएलगत्तै खोजी कार्य तीव्र पारिएको भएपनि अझै फेला पार्न सकिएको छैन् ।’’