२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:47 am
Banner

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

सूचना प्रेस २०८२ बैशाख २ मंगलबार ००:००, ०५:४० बजे १ मिनेट पढाइ

संखुवासभा- जिल्लाको खाँदबारी नगरपालिका-९ साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चार घाइते भएका छन् ।

खाँदबारी–९ साठिमुरेमा हावाहुरी तथा पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन् ।

सोमबार बेलुकी साढे ४ बजे पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

चट्याङ लागेर खाँदबारी-९ साठिमुरेकी कोपिला श्रेष्ठ, १८ बर्षीय छोरा गगन श्रेष्ठ, १८ बर्षीया बुहारी बविता मगर र १३ बर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताउनुभयो ।

घाइते चारै जनाको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ । उपचाररत चारैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।