हेटौँडा । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । आफैँले चलाएको स्कुटर दुर्घटनामा परेर अध्यक्ष पोखरेल गम्भीर घाइते भएका हुन् । हेटौँडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क अगाडि उनले चलाएको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान ८ बजेको समयमा आफैँले चलाएको बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर ब्रेकफेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी र्काालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको र आइसीयूमा राखेर उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।


