४ आश्विन २०८१, शुक्रबार 1726853412
पालिका

महानगरभित्र विकास निमार्णका काम तिब्र भएकाले जनताले विश्वास गर्छन भन्ने छ

काठमाडौं । काठमाण्डौं महानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्षको उम्मेदवार रामकृष्ण श्रेष्ठ हुनुहुन्छ । वैशाक ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले वडा अध्यक्षको उमेदवार बनाएसँगै आफुले चुनाव जित्ने धेरै आधारहरु भएको उहाँको तर्क छ ।

नयाँ वडा कार्यालय भवन ज्येष्ठ नागरिक तथा अपांगमैत्री बनाउनुका साथै महानगरपालिका भित्र विकास निमार्णका व्यापक काम भएकाले जनताले विश्वास गर्ने उहाँको बुझाइ छ । निरन्तर जनताको सेवा र जनताले म प्रति गरेको विश्वास नै मैले चुनाव जित्ने आधार हो उहाँले भन्नुभयो। चुनावी अभियानमा सिङ्गो पार्टी पङ्क्ति, शुभचिन्तक, आफन्त र मतदाताहरूबाट पाइरहेको सदा सहायता, माया र सहानुभूति पनि मेरो जितको आधार हो । आफु चुनाब जितेको खण्डमा शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो पुलपुलेसाका समस्याहरूलाई छिटोभन्दा छिटो समाधान गर्दै वडामा युवाहरूको क्षेत्रमा, खेलकुदका क्षेत्रमा म विशेष प्राथमिकताका साथ काम गर्नेछु । उहाँले भन्नुभयो । वातावरण सफा बनाउने देखि वडामा भएका प्रतिभाहरूको संरक्षण र विकासका लागि पनि निरन्तर खटिने उहाँको प्रतिबद्धता थियो ।