४ आश्विन २०८१, शुक्रबार 1726811119
Banner

आयोगले आज र भोलि मतदाता शिक्षा दिने 

काठमाडौं । निर्वाचन आयोगले वैशाख २८ र २९ गते  मतदाता शिक्षा दिने भएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ ।  

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यसपटक अघि नै गरिने भएको हो । वैशाख ३० गते निर्वाचन हुँदै छ ।