८ जेष्ठ २०८३, शुक्रबार 1779451226
Banner

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुँदैछ ।

बैठक आज र भोलि दुई दिन पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा पार्टीको तर्फबाट सुझाव दिने, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा पार्टीको भूमिका, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।