काठमाडौं, बैशाख २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सौचालयमा लडेर घाइते भएपछि अस्पताल भर्ना हुनुभएको छ । अध्यक्ष दाहाललाई गएराती सवा १२ बजेतिर मेडिसिटी अस्पताल भर्ना गरिएको हो । चिकित्सकका अनुसार हाल दाहालको अवस्था सामान्य रहेको छ ।
घरमै लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा दाहालले बताएअनुसार बाथरुम जाँदाखेरि अल्झिएर लडनुभएको हो । उहाँको टाउकोमा चोट लागेको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दाहालको टाउकोमा तीन टाका लगाइएको छ।
उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । अहिले वार्डमा राखेर उपचार भइरहेको छ।


