१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:25 am
समाचार

रुकुम पूर्वमा गोरुले हानेर मृत्यु

सूचना प्रेस २०८२ बैशाख २७ शनिबार ००:००, ०६:२९ बजे १ मिनेट पढाइ

रुकुम पूर्व- रूकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर-८ कोर्जा मेलाधारामा गोरुले हानेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बारिमा मकै रोप्नलाई गोरु नार्ने क्रममा गोरुले हानेर भूमे ८ कोर्जाका ५३ बर्षिया बल बहादुर खडकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमा शंकर यादवले जानकारी दिनुभयो ।

घरदेखि करिब एक सय मिटर टाढाको बारिमा गोरु नार्ने क्रममा घाइते भएका खडकालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको हो ।