चितवन, २८ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा दुर्घटना हुँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ट्रक सडक बीच बाटोमा नै पल्टिएको कारण सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
अहिले ट्रकलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।


