७ जेष्ठ २०८३, बिहिबार 1779399738
Banner

संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तय गरिएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्नेछ।

प्रतिनिधि सभा बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथी छलफल जारी रहने संसद सचिवालयले जानकारी दिएको छ।

राष्ट्रिय सभा बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा )कर प्रस्ताव वाहेक) सभामा छलफल हुने संसद सचिवालयले बताएको छ।