काठमाडौं, १ जेठ । अन्तर्राष्ट्रियस्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको महत्वपूर्ण उपलब्धिको घोषणा गरेको छ । यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गर्दछ ।
यस सफलताको अवसरमा बुधबार सेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरिएको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायतको उपस्थिति रहेको थियो ।

‘नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नविनतम ईभी सोलुसन्सको प्रमाण हो ।’ एमएडब्ल्यु वृद्धिका प्रबन्ध निर्देशक सिकरियाले भने, ‘नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौँ । सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिश डिजाइन नेपाली प्रयोगकर्ताहरूको रोजाईसँग मेल खान्छ । यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्छ ।’
सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ र यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ । यस ब्रान्डले अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र र अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ ।
सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीहरूमध्ये एक हो । सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको कम्पनीले जनाएको छ ।
अबको योजना अनुसार सेरेस ग्रुपले सन् २०२६ भित्र एम७, एम८ र एम९ गरी तीन नयाँ ईभी मोडलहरू सार्वजनिक गर्नेछ जसले यसको इनोभेटिभ लाइनअपलाई थप विस्तार गर्नेछ ।
सेरेसको गुणस्तर र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता मिलिरहेको छ । इन्डोनेसियामा सेरेसले ‘फेभरेट कार लन्च’, ‘मोस्ट अफोर्डेबल कार’ र ‘फेभरेट कमर्सियल भेहिकल’ जस्ता तीन प्रमुख ईभी अवार्डहरू जितेको छ । यसले कम्पनीको उत्कृष्टता, ग्राहक सन्तुष्टि र कम मूल्यमै विशिष्टता दिन सक्ने क्षमतालाई बलियो बनाएको छ ।
हालै सेरेस तीनलाई इन्डोनेसिया, हङकङ, रुस र नर्वे जस्ता मुलुकहरूमा सार्वजनिक गरिएको छ जसले सेरेसको विश्वव्यापी प्रभावलाई अझ फराकिलो बनाएको छ ।
नेपालमा सेरेसले कठिन भौगोलिक चुनौतीहरूमा आफ्नो शक्ति प्रमाणित गरिसकेको छ । ४,६६० मिटर उचाइमा रहेको कोरला पास पार गर्ने पहिलो ईभी बनेर सेरेसले चरम परिस्थितिमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको छ ।
नेपाल दिगो एवम् वातावरणमैत्री भविष्यतर्फ अग्रसर भइरहँदा सेरेसले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै विश्वस्तरीय मापदण्डहरू पनि पूरा गर्ने स्मार्ट, सुरक्षित र स्टाइलिस विद्युतीय सवारीसाधनहरू नेपाली प्रयोगकर्तासमक्ष ल्याइरहने कम्पनीको भनाई छ ।


