४ आश्विन २०८१, शुक्रबार 1726827764
समाचार

धनगढीका मतदान अधिकृत मोटरसाइकल दुर्घटनामा परी घाइते

धनगढी– धनगढीका मतदान अधिकृत द्विजराज भट्ट मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।भट्ट सवार से १ प ११६८ नम्बरको मोटरसाइकलसँग सु।प ०१।००१ च।२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भट्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिएका छन् ।