काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूमध्ये ६५ जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरिएको छ । ६५ जनालाई प्रतिवादी कायम गर्ने निर्णय गरिएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।
सरकारी वकिल कार्यालयले अभियोग पत्र काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ । अभियोग पत्र दर्ता हुने प्रक्रियामा छ । ११ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं समेत ६५ जनालाई प्रतिवादी कायम गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई पनि प्रतिवादी कायम गरिएको छ ।


