४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:27 pm
राजनीति

विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

सूचना प्रेस २०८२ जेष्ठ १३ मंगलबार ००:००, १२:०१ बजे १ मिनेट पढाइ

काठमाडौँ । विपक्षी सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ । मंगलबारको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

तर, सभामुख देवराज घिमिरेले सत्ता पक्षका सांसदलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले नाराबाजी गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।