काठमाडौँ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा अहिलेसम्म बस्न सकिरहेको छैन । अहिले विपक्षी दलहरू संसद् भवन नयाँ वानेश्वरमा र सत्तारुढ दलहरूको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । दुवै पक्ष आएपछि छलफल गरेर बैठक सुरु गर्ने तयारीमा सभामुख देवराज घिमिरे रहेको सचिवालयले जानकारी दिएको छ ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।


