२४ बैशाख २०८३, बिहिबार 1778177808
विश्व

ट्रम्पलाई ट्यारिफ धक्का, सङ्घीय अदालतले लगायो प्रतिबन्ध

वासिङ्टन डीसी । अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू मुलुकबाट आफ्नो देशमा भित्रिने सामानमाथि भन्सारमा लगाएको अतिरिक्त कर अर्थात् ट्यारिफमा प्रतिबन्ध लगाएको छ ।

यो निर्णय ट्रम्पको आर्थिक नीतिको एक महत्त्वपूर्ण भागको लागि ठुलो धक्का मानिएको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसद्वारा लागू गरिएको आपत्कालीन कानुनले राष्ट्रपतिलाई लगभग हरेक देशमा कर लगाउने एकतर्फी अधिकार नदिने फैसला गरेको छ ।

अमेरिकी संविधानले कांग्रेसलाई अन्य देशहरूसँग व्यापार गर्न विशेष अधिकार दिएको र अर्थतन्त्रको रक्षा गर्ने राष्ट्रपतिको दायित्वले यसलाई अतिक्रमण गर्न नसक्ने म्यानहट्टनस्थित अदालतले बताएको छ ।

ट्रम्प दोहोर्‍याएर  ह्वाइट हाउस फर्किएपछि चीन, मेक्सिको र क्यानडामा लगाइएको छुट्टाछुट्टै करमा पनि अदालतले  प्रतिबन्ध लगाएको छ । अदालतको यो निर्णय आएको केही मिनेटमै ट्रम्प प्रशासनले यसको विरुद्ध पुनरावेदन दायर गरेको छ ।