७ जेष्ठ २०८३, बिहिबार 1779385117
समाचार

नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो ।उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो । गिट्टी बालुवा बोक्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाँध फुटेको ठाउँमा डुबेको छ ।