४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:51 pm
राजनीति

प्रतिनिधिसभाको क्यालेन्डर बनाउन कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

सूचना प्रेस २०८२ जेष्ठ १६ शुक्रबार ००:००, १३:४७ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउन प्रतिनिधिसमाको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा जारी बैठकले जेठ २० गतेदेखि जेठ मसान्तसम्मको पाक्षिक क्यालेन्डर बनाउने छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाक्षिक क्यालेन्डर बनाउनका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको जानकारी दिए । सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणका लागि बैठक अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।