८ जेष्ठ २०८३, शुक्रबार 1779468845
Banner

कोसी राजमार्गको भेडेटार मुलघाट सडकखण्ड खुल्यो

जेठ १७ गते । बाढीले भत्काएपछि अबरुद्ध भएको कोशी राजमार्गको मुलघाट भेडेटार खण्ड सन्चालनमा आएको छ । 

लेउती खोलाले भत्काएको स्थानमा डाइभर्सन निर्माण गरि एकतर्फी सडक सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक ध्रुब नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

यो सँगै शनिबार बिहानै देखि अबरुद्ध सडक सन्चालनमा आएको हो । बिहानै देखि रोकिएका सयौ सबारीसाधन गन्तव्य तर्फ लागेका छन् । लेउती खोलामा आएको बाढीले शनिबार बिहान सडक बगाएको थियो ।  जसका कारण कोशी राजमार्गमा यातायात अबरुद्ध बनेको थियो ।