८ जेष्ठ २०८३, शुक्रबार 1779468676
Banner

थाइल्यान्डकी ओपाल सुचाताले पहिरिन मिस वर्ल्ड २०२५को ताज

काठमाडौं : थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्ड ७२औँ संस्करणको ताज जितेकी छन्।

७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई ताज पहिराएर सम्मान गरिन्।

प्रतियोगितामा पहिलो रनर–अप इथियोपियाकी हासेट डेरेजे दोस्रो भइन् भने दोस्रो रनर–अप मार्टिनिककी औरेली योहाचिम तेस्रो भइन्।

मे ७ मा सुरु भएको यो प्रतियोगिता मे ३१ मा नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भयो।

समापन समारोह अर्थात् मिस वर्ल्ड ग्रान्ड फिनाले भारतको तेलंगानामा आयोजना गरिएको थियो।