४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:57 am
Banner

सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो

सूचना प्रेस २०८२ जेष्ठ २० मंगलबार ००:००, १०:५४ बजे १ मिनेट पढाइ

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ।

सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।