काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बजेसम्मका लागि स्थगित भएको छ । बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । आज बसेको बैठकविपक्षीको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।

नेपाली कांग्रेस सांसद तथा गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने र संसदीय छानविन समिती गठन हुनुपर्ने मागसहित विपक्षी दलहरुले संसद अवरोध गरिरहेका छन् ।


