३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:15 pm
शिक्षा /स्वास्थ्य

गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

सूचना प्रेस २०८२ जेष्ठ २८ बुधबार ००:००, ०९:४२ बजे १ मिनेट पढाइ

मोरङ, २८ जेठ । अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले मंगलबार जारी गरेको विज्ञप्तिमा यही जेठ २८ देखि ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गर्नुपरेको जनाइएको छ । वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ ।