काठमाडौं, ३ असार । तीनकुने घटनाका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् ।
उनी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनका आजै न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान र थुनछेक हुनेछ।
यसअघि उनी हाजिरी जमानीमा रिहा भएका थिए । तर अदालतमा उपस्थित नभएको भन्दै प्रहरीले उनको खोजी गरिरहेका थियो ।
यसअघि हिजो राप्रपाकै महामन्त्री धवलशमशेर राणालाई अदालतले धरौटीमा रिहा गरेको छ । राणा धरौटीमा रिहा भएपछि मिश्र पनि आज अदालत पुगेका हुन् ।


