काठमाडौँ : काठमाडौँ महानगरपालिकाले अबको तीन महिनासम्म सडक र फुटपाथमा खन्न र भत्काउन निषेध गरेको छ। काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक खन्नको लागि स्वीकृति नदिइने जनाएको हो।
महानगर अन्तर्गतको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति, सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’


