२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 8:10 pm
समाचार

विभिन्न पार्टी परित्याग गरी ३५ जना एमालेमा प्रवेश

सूचना प्रेस २०८२ असार ९ सोमबार ००:००, ०९:५८ बजे १ मिनेट पढाइ

उदयपुर, ९ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ पूर्व टोल ज्यामिरेमा विभिन्न पार्टी परित्याग गरी ३५ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् । कांग्रेस, माओवादी, राप्रपा लगायत पार्टी परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

आज बिहान एक कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई एमाले कोशी प्रदेश सचिवालय सदस्य कान्ता राई, चौदण्डीगढी नगरपालिकाका मेयर समेत रहेका एमाले उदयपुरका उपाध्यक्ष कालुमान लामा लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

हिजो आइतबार चौदण्डीगढी–४ अमलचौरीमा ३६ जना एमाले प्रवेश गरेका थिए ।