२ जेष्ठ २०८३, शनिबार 1778984338
अर्थ

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो

काठमाडौं, १ असार । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा २० रुपैयाँले घटेर २ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।