४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:57 am
अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति ?

सूचना प्रेस २०८२ असार १२ बिहिबार ००:००, १३:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।