४ आश्विन २०८१, शुक्रबार 1726877988
राजनीति

भक्तपुर मतगणना : मध्यपुरमा काँग्रेस अगाडि, सूर्यविनायकमा एमाले

भक्तपुर-भक्तपुरका दुई स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि दुई पालिकामा मत गन्न थालिएको हो । ​मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मत गणना सुरु भएको हो । चाँगुनारायण र भक्तपुर नगरपालिकामा भने शनिबार बिहान ८:०० वजेपछि मतगणना हुने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्‍ठले २१७ मत र नेकपा एमालेका मदन सुन्दर श्रेष्‍ठले १४९ मत ल्याएका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी उत्तरा नेपालले १७२ मत र गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका विजय कृष्ण श्रेष्‍ठले १५२ ल्याएका छन् ।

उता सुर्यबिनायक नगरपालिकामा नेकपा एमालेका उमेदवार बाशुदेव थापाले अग्रता कायम गरेका छ्न । पछिल्लो मतगणना अनुसार थापाले १९७ मत ल्याएका छन् । त्यसैगरी उप प्रमुखकि एमाले उमेदवार सरिता भट्टराईले पनि १९७ मत तथा वडाअध्यक्षका उमेदवारले पनि १९७ मत ल्याएका छन् ।

त्यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उमेदवार निसान ढुगेलले ६३ मत तथा उप प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एसका श्यामसुन्दर बस्नेतले १५ मत ल्याएका छन् । त्यसैगरी राप्रपाका उमेदवारले प्रमुख र उप प्रमुखमा ७०–७० मत ल्याएका छन् ।