४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:37 am
समाज

गौशालाबाट पेस्तोल सहित दुई जना पक्राउ

सूचना प्रेस २०८२ असार १६ सोमबार ००:००, १७:१२ बजे १ मिनेट पढाइ

काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका सुरेशकुमार राम र दिनेशकुमार राम छन् ।

आरोपीहरूको साथबाट एकथान पेस्तोल, दुई थान म्यागजिन र एकथान वाकिटकी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनीहरू दाजुभाइ हुन् । उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।