४ आश्विन २०८१, शुक्रबार 1726875184
Banner

शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेसले कारवाही गरेपछि नेपाली कांग्रेस (बीपी) तर्फ गएका उमेदवार नरेश भण्डारीले वडाको प्यानल नै जितेका हुन् । कांग्रेस सभापति देउवाकै वडामा भएको कांग्रेसको पराजयलाई कांग्रेसका निवर्तमान सभापति मल्लले भने प्रधानमन्त्रीको कर्मलाई जनताले दिएको जवाफका रुपमा अर्थ्याएका छन् ।

आफू शक्तिमा हुँदा जनताप्रति र कार्यकर्ताप्रति कांग्रेस सभापति सम्माननीय शेरबहादुर देउवाले गर्नुभएको व्यवहारप्रति जनताको आक्रोस कति रहेछ भनेर उहाँलाई देखाइदिएका हुन्,” मल्लले भने, “मैले त आफैँ अन्यायमा पारेपछि अन्यायका विरुद्ध बोलेको मात्र हुँ । उहाँलाई जवाफ दिएको जनताले हो ।”

उनले न्याय गर्ने ठाउँमा बस्नेले नै अन्याय गरे भने अरुले त्यसविरुद्ध लड्न नसक्ने भन्दै जनताले मात्र त्यसको जवाफ दिन सक्ने बताए ।