४ आश्विन २०८१, शुक्रबार 1726867713
Banner

‘गठबन्धन लाई स्वतन्त्र ले धाँधली गर्यो’- कांग्रेस,पुन: मतदान गर्न माग

हुम्ला — हुम्लाको चंखेली गाउँपालिका २ मा गठबन्धनले पुन: मतदानको माग गरेका छन् ।

स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका हुन् ।संघीय सांसद छक्कबहादुर लामासहित गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेका हुन् । ९ सय ३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा ३ सय ९० मतमात्र खसेको थियो ।सांसद लामाले यही मत संख्याबाट धाँधली भएको आरोप लगाए । उनले मतदातालाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्ने अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारबाही गर्न र १५ प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकाले पुनः मतदान गर्न माग राखेको बताए ।

शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्ष पदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्न वञ्चित भएकाले मतदान केन्द्रको मतदान कार्य रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गरिसकेका छन् ।

उनले गठबन्धन दलपक्षका मतदातालाई मतदान गर्नका लागि मतदान केन्द्र जाने वातावरण नै नबनाएको आरोप लगाए । उक्त पक्षले मुचुल्कामा समेत हस्ताक्षर गरेको छैन । स्वतन्त्र पक्षलाई गठबन्धनका दुई दलबाहेक अन्य पार्टीहरुको सहयोग रहेका छन् ।यसअघि गठबन्धन दल र स्वतन्त्र उम्मेदवार प्यारी लाल शाही पक्षबीच झडप हुँदा मतदान सुरु भएको केही समयमा नै स्थगित भएको थियो । झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए ।