काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् । साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।
यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ ।


