३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 9:55 pm
समाचार

अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर फणिराज पाठकलाई छाडियो

सूचना प्रेस २०८२ असार २७ शुक्रबार ००:००, २१:२५ बजे १ मिनेट पढाइ

काठमाडौँ, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले कागज गराएर छाडेको छ। शुक्रबार बिहान पक्राउ परेका पाठकलाई प्रहरीले कागज गराएर परिवारको जिम्मा लगाएको हो।

अबदेखि पूर्वराजा शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर नलेख्ने, आफ्नो फेसबुकमा पोष्टहरू नगर्ने र गरिएका पोस्टहरू डिलेट गर्ने कागज गराएर उहाँलाई छाडिएको प्रहरी स्रोतले जानकारी दियो। उहाँलाई शुक्रबार बेलुका करिब पौने ८ बजेतिर मात्रै छाडिएको थियो।