४ आश्विन २०८१, शुक्रबार 1726871218
Banner

सातामा दुईदिन विदा दिने निर्णय आजदेखि लागु हुँदै

काठमाडौं । सातामा दुईदिन विदा दिने निर्णय आजदेखि लागु हुँदैछ । २०७८ चैत्र २४ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठको १ गतेबाट सातमा दुईदिन विदा दिने निर्णय गरेको थियो । जसअन्र्तगत शनिबार र आइतबार विदा दिने निर्णय आजदेखि लागु हुने भएको छ ।

नेपाल आयल निगमको सिफारिसमा सरकारले इन्धन खपत कम गर्ने विकल्प स्वरूप सार्वजानिक विदा दिने निर्णय गरेको होे । दुईदिन विदा दिंदा इन्धन खपत कटौती हुने सरकारको अनुमान छ । हप्तामा दुईदिन बिदा दिएपछि अब बर्षमा १ सय ४७ दिन विदा हुनेछ ।