३० कार्तिक २०८३, सोमबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 4:06 am
अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सूचना प्रेस २०८२ असार ३१ मंगलबार ००:००, ११:५४ बजे १ मिनेट पढाइ

काठमाडौँ । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।