१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 6:27 am
Banner

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

सूचना प्रेस २०८२ असार ३२ बुधबार ००:००, ११:४१ बजे १ मिनेट पढाइ

महेन्द्रनगर । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उहाँले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको हो ।