काठमाडौं । सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) अवार्ड प्रदान गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) ले नेपाली उद्योग, उद्योगी र व्यवसायीको सम्मानका लागि महत्वपूर्ण व्यावसायिक व्यक्ति (कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन–सिआइपि) अवार्ड प्रदान गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका व्यवसायीहरुलाई सिआईपी अवार्ड प्रदान गरे । अवार्ड पाउनेहरुमा विभिन्न उद्योग व्यवसायिक तथा छाता संघ संस्थाका नेतृत्वहरु रहेका छन् ।
सरकारले राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीलाई उक्त अवार्डद्वारा सम्मान गरेको हो ।
यस्तो छ सूची



