काठमाडौं । गएराति देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । हाल बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णालीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा हुरीको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशीका केही स्थान, मधेश प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।


