४ आश्विन २०८१, शुक्रबार 1726863490
पालिका

बझाङको साइपाल अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी, दुवैको समान मत

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत बझाङको साइपल गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार गाउँपालिकामा नेकपा (एमाले)का उमदेवार विजयी भएका छन् ।

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उमेदवारले समान ६७५ मत ल्याएका छन् । उनीहरूको समान मत आएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले बाह्रखरीलाई जानकारी दिए ।

एमालेबाट गाउँपालिकाको अध्यक्ष जितेका मानवीर बोहराले ६७५ मत ल्याएका छन् । उपाध्यक्ष जितेकी डोल्मा तामाङले समान ६७५ मत पाएकी छन् ।

अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वल बोहराले ६१३ मत ल्याए । उपाध्यक्षमा कांग्रेसबाटै बाटु बोहराले ६१९ मत ल्याएको गौतमले जानकारी दिए ।