चितवन । चितवनको भरतपुर महानगरपालिका–१६, सरनपुरस्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सोमबार उनको शव निकालेको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५, सुर्यनगरका १५ वर्षीय मेनसन पुन मगर रहेका छन्। सोमबार दिउँसो नारायणी नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट खटिएको गोताखोरसहितको टोलीले घटनास्थलको करिब २५ फिट गहिराइबाट उनको शव फेला पारेको हो ।


