५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 8:55 am
समाज

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सूचना प्रेस २०८२ श्रावण ८ बिहिबार ००:००, १३:२६ बजे १ मिनेट पढाइ

सर्लाही । सर्लाहीमा कटुवा पेस्तालसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका–६ सुखनिया टोलबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।