४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:59 am
समाज

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सूचना प्रेस २०८२ श्रावण २१ बुधबार ००:००, १२:३० बजे १ मिनेट पढाइ

बर्दिया । ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका-६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।