४ आश्विन २०८१, शुक्रबार 1726874019
Banner

ओखलढुंगामा कांग्रेसका कार्यकर्ताले मतपत्र च्याते

ओखलढुंगा – ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् ।

जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा-३ को वडाअध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनःगणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले दुई वटा मतपत्र च्यातेका हुन् ।

कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ । मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुकदेव खनालले बताउनु भयो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडा नम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना गर्न थालिएको थियो ।