काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उता, बर्दियाको मधुवन नगरपालिका-७ भाटखोले टोल बस्ने ७० वर्षीय ललित बहादुर विक आफ्नै घर नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, दाङको बंगलाचुली गाउँपालिका-७ जागुने बस्ने ७३ वर्षीय भक्तबिर बाठा मगर सोही ठाउँस्थित सात तले सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


